गहुँसहित टयाक्टर प्रहरीको नियन्त्रणमा

वीरगंज । वीरगंजमा प्रहरीले भन्सार छली गरी ल्याएका गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

बुधवार बिहान ना.१ ख ९६४२ नम्बरको ट्याक्टरमा लोड रहेको आठ हजार ५ सय ६० किलो गहुँ भारतबाट नेपाल भित्राइ वीरगंजतर्फ आइरहेको सूचनाको आधारमा पर्सा प्रहरीले वीरगंज वडा नं.–१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रहरीलाई देख्ने बित्तिकै चालकले टयाक्टर छाडेर फरार भएका थिए । टयाक्टर र गहुँ कारबाइको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close