राष्ट्रिय साहारा दैनिक पत्रिकाको वार्षिकत्सव सम्पन्न

राष्ट्रिय साहारा दैनिक पत्रिका २० बर्ष पुरा गरी २१ औं बर्षमा प्रवेश गरेको अवसरमा वीरगंज म.न.पा.–८ पानीटंकीको डायमण्ड रिसोट एण्ड पार्टी प्यालेसमा आफना सहकर्मी पत्रकार स्व. नरेश सर्राफको सम्झना संगै कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमका अध्यक्ष राष्ट्रिय साहारा दैनिकका प्रकाशक चन्द्र भुषण सरार्फ (संजय साह ) प्रमुख अतिथि नेकपा. समाजबादी पार्टी नेपालका सांसद तथा पूर्व मन्त्री माननीय किसान श्रेष्ठ, बरिष्ठ अतिथि लोकतान्त्रिक समाजबादी पार्टीका नेपालका महा मन्त्री तथा मधेश प्रदेकका भौतिक पूर्वाधार बिकास माननीय मन्त्री जितेन्द्र सोनल, बिशिष्ट अतिथि केन्द्रिय सचिव दिपेन्द्र चौहान, बिशिष्ट अतिथि बहुदरमाई न.पा.को मेयर सिंहासन साह, अतिथि डा. बिश्वम्भर शर्मा नेपाल समाजबादी संगठन नेपालका जिल्ला अध्यक्ष बाल गोपाल थापा, उद्योग बाणिज्य संघ वीरगंजका अध्यक्ष अनिल अग्रवाल, वीरगंज म.न.पा. का उपमेयर इमत्याज आलम, अमित दास, मनोज चौधरी, के. सी. लामिछाने, श्याम बन्जारा, अशोक तिवारी, अनुप तिवारी, बृजलाल पासवान, निरज पिठाकोठी मगर, आशिक अंसारी, मनोज पटेल, निरज सरार्फ संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

वक्ताहरुले संचारकर्मीहरुले देश र समाजको लागी सत्य तथ्य लेख्न कही कसैसंग नडराई निर्धक भएर समाचार लेख्न र स्थानिय तहमा कुनै प्रकारले सूचना माँग गर्दा त्यसलाई सूचनाको हक अनुसार उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

बिभिन्न सेक्टरबाट आउने उत्कृष्ट गर्नेलाई स्थानिय तह लगायतबाट सम्मान गर्न सक्नु परयो । केही नेता ज्यूहरुले फेस बुक स्टाटर्स, समाजिक संजालबाट आफनो कार्य राख्ने गरेका देखिन्छ ।

पत्र पत्रिका, रेडियो, टि.भी. एफ. एम. लाई बिज्ञापन सूचनाबाट सहयोग गर्नू परयो । यसले समाचारको लागी कुनै पनि बेला आफनो जिव ज्यानको प्रवाह नगरी कर्फु, कोभिड या जस्तो परिस्थितिमा समाचार संक्लन गर्ने गरिन्छ ।

म किसान श्रेष्ठ पहिले र अहिलेमा धेरै फरक पाउनु हुन्छ पहिले म एउटा पार्टीको नेता थिए र अहिले म बाराको समग्र रुपमा सारा जनसमुदायको नेता हु । म आफनो पाउनु पर्ने तलब कुनै पनि राम्रा कार्य मन्दिर, मस्जिद, संघ संस्थामा गरिबलाई सहयोग गर्ने प्रतिद्धता जनाई सकेको छु । त्यसै पत्रकार स्व. नरेश सर्राफको अक्ष्य कोषमा एक महिनाको तलब दिने बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस






