ई.प्र.का. प्रसौनीद्वारा परिचयात्मक कार्यक्रम सम्पन्न

आशमहमद मियाँ ।
बारा । ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकद्वारा परिचयात्मक कार्यक्रम सम्पन्न गरीएको छ ।

कार्यलयमा नयाँ प्रमुखको रुपमा आउनु भएका प्रहरी निरिक्षक बिनोद बोहराले जन प्रतिनिधि, बुद्धिजिवी, समाज सेवी, पत्रकारहरु संग परिचयात्मक गरेका छन् ।

प्रहरी निरिक्षक बोहराले यस क्षेत्रमा हुने कठिनाइ, लागू पदार्थ सेवन, चोरी निकासी, सामाजिक विकृति, महिला हिंसा र ट्राफिक नियम बारे सर्वसधारणलाई सचेत गराउने र सुरक्षा ब्यवस्थामा बढी निगरानी राख्ने जस्ता प्रतिबद्धता ब्यक्त गर्नु भयोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close