फुटबल प्रतियोगितामा नौतन युवा एकता क्लब विजयी

आश महमद मियाँ ।
बारा, १४ माघ ।
स्वास्थ्य तथा शारिरीक बिकासका लागी खेलकुद अति आवश्यक रहेको भन्ने उदेश्यका साथ बाराको प्रसौनी गाउंपालिका स्थित महाकालि फिल्डमा सम्पन्न भएको हो ।

प्रसौनी गाउंपालिका वडा नं.–३ नौतनमा रहेको नौतन युवा एकता क्लब र फेटा गाउंपालिका वडा नं.–१ त्रिवेणीमा रहेको त्रिवेणी युवा क्लब बिच शनिवार भएको फुटबल प्रतियोगितामा दुबै टिमको खेल खेल्दै गर्दा कतै गोल हुन नसकी बराबरीमा टुङगिएको थियो । त्यस पश्चताप खेललाई निषकर्शमा पु¥याउनका लागि पेनाल्टी खेलाइएको थियो ।

पेनाल्टीको क्रममा नौतन युवा एकता क्लबका राकेश कुमार यादव र आकास कुमार यादवले १÷१ गोल गरी २ गोलले विजयी भएका थिए । त्यस बिरुद्ध त्रिवेणी युवा क्लबले गोल गर्न नसके पछि हार बेहोर्नु परेको थियो । अन्तिम खेलमा त्रिवेणी युवा क्लबलाई हराएई नौतन युवा एकता क्लब बिजेता बन्यो ।

बिजेता नौतन युवा एकता क्लबलाई प्रथम पुरस्कार शिल दोश्रो पुरस्कार फुटबल र तेश्रो पुरस्कार प्रत्येक खेलाडीलाई मेडल युवा खेलाडि भोला दासले बितरण गरेका थिए । गोल किपर चन्द्र प्रकाश साह (बिवेक) रहेको खेलको क्यापटेन निरज कुमारले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close