गठबन्धनका उम्मेदवार कुर्मीको प्रतिबद्धता पत्र सार्वजनिक

वीरगंज, पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ बाट पांच दलिय गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले आफुले बिगतमा गरेका कार्य, गरि रहेका र गर्ने कार्य योजनाको प्रतिबद्धता पत्र सहित घोषणा पत्र सार्बजनिक गरेका छन । वीरगंज महानगरपालिका वडा नंं. २५ श्रीर्सिया निवासी प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले आफनै निवास स्थानमा पत्रकार सम्मेलनको आयोजना गरि घोषणा पत्र सार्बजनिक गरेका छन ।

वहाले गरेका २१६ कार्य योजनाहरु मध्ये केही १६ वटा कार्य योजना उल्लेखित समेत गरिएको छ । संचारकर्मीहरुको बिभिन्न जिज्ञासाको जवाफ दिदै पटेलले देशमा जनताको लागी थुप्रै व्यवस्था परिवर्तन भए तर अवस्था जस्ताको त्यसतै छ । गठबन्धनलाई बिजय बनाई अगामी दिन देशमा स्वास्थ्य, शिक्षा, रोजगारी आवास सुनिश्चित हुने बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस






