प्रसौनी गाउँपालिकामा लोसपाद्वारा चुनाव प्रचारप्रसारमा तिव्रता

बारा। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रसौनी गाउँपालिकाले चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रसौनी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी भोला प्रसाद गुप्ता वडाका वडाअध्यक्ष, वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा प्रसौनी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।

प्रसौनी गाउँपालिकाको वडा नं.३ को नौतन लगायत टोलमा घर दैलो सम्पन्न गरेको छ ।
अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।
अबको निर्वाचनमा प्रसौनी गाउँपालिका अध्यक्षमा भोला प्रसाद गुप्ता जस्तो नेताको आवश्यकता रहेकोले अफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छन ।







