प्रसौनी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भोला गुप्ता लोकप्रिय बन्दै

बारा
स्थानीय तहको चुनाव नजिकिदै जादा प्रसौनी गाउँपालिकाका समाजसेवी तथा बिकासप्रेमी नेता भोला प्र्रसाद गुप्ता लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही बर्ष देखि गाउँपालिका मा जनताको सेवामा समर्पित हुदै आएका गुप्ता आउने बैशाख ३० गते को चुनावको लागि गाउँपालका अध्यक्ष का उम्मेदवारी दिएका छन्। यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उम्मेदवारी दिएको नेता गुप्ताले बताए ।

गुप्ता राजनीति पेशामा आबद्ध भइ गाउँपालिका का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाजको सेवकको रूपमा चिनाउन सफल गुप्ता नै यसपालिको गाउँपालिका अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।
बिगतको पाँच बर्ष मा गाउँपालिका का निर्वाचित अध्यक्ष भएर जनताको निमित बिकासको काम गर्नुको साथै शिक्षा,स्वास्थ लगाएत अन्य क्षेत्रमा पनि राम्रो सुधार गरेकै कारण यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन बिकासप्रेमी नेता भोला प्रसाद गुप्तालाई नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।







