बिद्यालय भवन उद्घाटन सम्पन्न

आश महमद मियाँ
बाराको प्रसौनी गाउँपालिका वडा नं.–७ बलुवा टोलमा रहेको श्री शोभा रामचन्द्र आधारभूत बिद्यालय थप छव कोठे भवन शुक्रबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले रिबन काटी उद्रघाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै पालिकाले निर्माण गरेको यसले बिद्यार्थीहरुलाई प्राईभेट स्कुलको तुलनामा एक नयाँ आयाम आफनै गाउँ ठाउँमा सस्तो सुरक्षित अध्यन गर्न वातावरण प्रदान गरिने छ । र बिद्यार्थीहरुको उज्जवल भबिष्यको कामना गरेका थिए ।

सो कार्यक्रममा उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकिय अधिकृत जय चन्द्र साह, लेखा प्रमुख प्रेम बाबु पटेल, बिद्यालय प्र. अ. अनोज यादव, वडा अध्यक्ष इसलाम मियाँ कार्यपालिका सदस्यहरु शिक्षक, शिक्षिका, बिद्यार्थीहरु, समाजसेवी लगायत स्थानिय जनसमुदायको उपस्थिति रहेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस






