साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

आश महमद मियाँ
बाराको प्रसौनी गाउंपालिका स्थित वडा नं.–२ प्रसौनीमा रहेका साना किसान कृषि सहकारी संस्था लि.को ५ औं र्बािर्षक साधारण सभा शुक्रबार सभय र भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।

संस्था अध्यक्ष श्रीमती रुना देवी कलवारको अध्यक्षतामा प्रमुख अतिथि प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल अतिथि उपाध्यक्ष किरण देवी साह इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डकका प्रहरी निरिक्षक सुरेश भट शाखा प्रवन्धक बिकास यादव, ,पुष्प खतिवडा ,कबिता कुमारी ,शम्भु राज सहनी ,कार्यालय सहयोगी प्रमोद राम कृषि प्रमुख रुपनारायण महतो बिभिन्न शाखाका पदाधिकारीहरु वडा अध्यक्षहरु लालबाबु मुखिया, इसलाम मियाँ, छोटालाल साह सेयर सदस्यहरु, कर्मचारी, संचारकर्मी लगायत स्थानियहरुको उपस्थिति रहेका थिए ।

बाराको प्रसौनी गाउंपालिका स्थित वडा नं.–२ प्रसौनीमा रहेका साना किसान कृषि सहकारी संस्था लि. शाखाको २०८०/२०८१ आय ब्याय बिबरण सार्बजनिक गरिएको छ ।

वि. स. २०७५ सालबाट ३५ जनाको समूहले रु ५ लाख लगानी गरेर स्थापना गरेको यो संस्था अहिले ६१८ जना शेयर सदस्य रहेको र खुद मुनाफा रु १२ लाख ८३ हजार र १०% शेयर बोनस दिने काम गरेको संस्थाका प्रबन्धक निर्देशक विकास यादवले बताएका छन् । संस्थाले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीगरी १८ जना महिलाहरुलाई सम्मान गरेको थियो । संस्थाले अहिले आफ्नो सदस्यहरुमा रु ५ करोड ५४ लाख लगानी गरेको छ भने बाहिरी ऋण २ करोड २७ लाख लिएको प्रबन्धक यादवले बताए ।

महिलाहरुको सक्रिय सहभागीताले यो सहकारी आज धेरै उपलब्धि गरेको बताए । समाजमा महिलाहरुको समूह सक्रियता भएको खण्डमा आर्थिक उन्नति प्रगति अगाडि बढाउन ठूलो मद्दत पुग्ने जसले घर खर्च देखि बचत गर्ने परिपाटीको विकास हुने र अनावश्यक खर्च कटौती गरेर बचत गर्ने बानी बस्ने अध्यक्ष जैसवालले बताए ।

मधेस प्रदेश कृषिमा आधारित भएकोले यसको उन्नति र विकास कसरी गर्ने र गरिबी अन्त गर्ने भन्ने बारेमा यो साना किसान सहकारी संस्थाको अहम भूमिका रहेको र संस्थामा राजनीतिकरण गर्न नहुने यद्यपि राजनीतिक भएको खण्डमा संस्था उकालो होइन ओरालो तिर जाने भएकोले संस्थागत विकासको लागि ध्यान दिन संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरुलाई अध्यक्ष जैसवालले आग्रह गरे । उनले यस संस्थाको विकास र उन्नतिका लागि आफू र आफ्नो सम्पूर्ण टीम गाउँपालिकाबाट सक्दो सहयोग गर्न तयार रहेको बताए ।

संस्थाको वार्षिक आय ब्याय कोषाध्यक्ष आशा देवी कलवारले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको स्वागत मनतब्य देवी न्यौपानेले गरेका थिइन ।






