पोखरी सौन्दर्यकरणको शिलान्यास

आशमहमद मियाँ ।
बारा । सदियो देखि उपेक्षामा परेको पर्यटकीय स्थल १२ बिगहामा रहेको ठुलो पोखरी सौन्दर्यकरणको काम सुरु भए पछि स्थानियहरुमा खुसी छाएको छ ।

बीरगंज–कलैया सडक गण्डक अन्तर्गत पर्ने प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा रहेको ठुलो पोखरीको सौन्दर्यकरणको लागी हाललाई करीब ३५००००००।–तीन करोड पचास लाखको लागतमा काम सुरु भएको छ ।
प्रसौनी गाउंपालिकाका अध्यक्ष बिनोद जैसवालले सो पोखरीको सौन्दर्यकरणको शुक्रवार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।

अध्यक्ष जैशवालको पहलमा केन्द्रिय मातहतबाट ल्याएको बजेटबाट पोखरीको डिललाई पहिला चारैतिरबाट वाल गर्ने वाल संगै बृक्षारोपन गरी ठाउं ठाउंमा पार्क, कोठा बनाई बिवाह, पर्यटकीय स्थल वीरगंजको घडिअर्वा पोखरी झै बनाउने कार्ययोजना रहेको छ ।

सो सौन्दर्यकरण शिलान्यासमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार सिंह, पालिका उपाध्यक्ष किरण देवी साह, लेखा प्रमुख प्रेम बाबु पटेल, वडा अध्यक्ष छोटेलाल प्रसाद गुप्ता, लाल बाबू मुखिया, हृदय नारायण साह, याकुब अन्सारी, राझरण साह, असेसर प्रसाद गुप्ता, सरयुग दास, जयप्रकाश गुप्ता, राजेश गुप्ता, संदिप गुप्ता, नन्क मियां, मनोहर दास, अम्बिका साह, सौरभ गुप्ता, संतोष गुप्ता लगायत कर्मचारी एवं स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
वीरगंज संगै जोडिएको यो पर्यटकीय टाउँ यस क्षेत्र लगायत अन्यत्रबाट आउने पर्यटकहरुको रोजाई बन्ने विश्वास व्यक्त गरिएको छ ।







