अंकुश दैनिकको २५ औं वार्षिकोत्सव समपन्न

आश महमद मियां
पर्सा, २० माघ ।
अंकुश दैनिक पत्रिकाको २५ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित रजत महोत्सव समारोह बिरगंजको क्लासिक बैन्कट पार्टी प्यालेसमा समपन्न भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएको मतभेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका थापाले पार्टी भित्रको मतभेद अन्त्य गर्दै जनताको अवस्था बदल्नेगरी काम गर्नुपर्ने आजको आवश्यकता रहेको उहाँले भन्नुभयो, आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ दिशाबाट अघि बढेर सोही अनुसार पार्टीलाई जनतामुखी भएर काम गर्ने विषयमा पनि बिशेष बहस गरिने जानकारी दिनुभयो ।
यसैगरी मिडियाले, आखा नभएकोलाई आखा बनेर मार्ग दर्शन गराउदै आएको पत्रकारहरुको भुमिका अग्रसर रहेकाले मुलुक विकासको लागि सत्यतथ्य समाचार प्रकाशनगरी जनता समक्ष सो कुरा लैजान अधिकाँश ब्यक्ताहरुले सहभागि पत्रकारहरुलाई अनुरोध गर्नु भयो ।

यस दैनिकका प्रधान सम्पादक दिपेन्द्र चौहानको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ सह–महामन्त्रीद्वय बद्रि पाण्डे, जिवन परियार, केन्दिय सदस्य तथा प्रतिनिधिसभा सदस्य अजय चौरसिया, जसपाका प्रतिनिधिसभा सदस्य तथा पुर्व मंन्त्री प्रदिप यादवको सहभागिता रहेको थियो ।
यसैगरी प्रदेस सभा सदस्य श्याम बाबु पटेल, प्रेस काउन्सिलका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पुर्व सभापति हरिहर बिरहि, अजय बाबु शिवाकोटी, अशोक तिवारी, गोविन्द देवकोटा, केसी लामीछाने, श्याम बंजारा, उदयदास थारु लगायतका संचारकर्मी र नेतागणको उपस्थिती रहेको थियो ।

यसैगरी अंकुश दैनिक पत्रीकालाई विभिन्न माध्यमबाट सहयोग गर्ने दर्जनौ व्यक्तित्वहरुलाई उच्च मुल्यांकन गरि फुल माला लगाइ दोसल्ला ओढाइ सम्मानित गरिएको थियोे ।
कार्यक्रमको सञ्चलन माधुरी महतोले गरेको थिईन् ।







