स्कुटी र ट्रेक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु
आश महमद मियाँ

बारा–पर्सा जिल्लामा सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । सोमबारबार दिउँसो ३.३० बजे स्कुटी र ट्रेक्टर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।

कलैयाबाट वीरगंज तर्फ जादै गरेको प्रदेश २–०३–००१ त ९११९ नम्बरको स्कुटी र पदेश २–०३–००१ त ७७० नम्बरको ट्रेक्टर प्रसौनी गाउंपालिका वडा नं. २ पतंजली स्थित दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सवार छोरा समान्य घाईते भएका छन । घाइतेलाई परवानीपुर गाउंपालिकामा रहेको एस.एल.न्यूरो अस्पताल पठाईएकोमा मृत्य घोषणा गरे पछि पोस्टमार्टमको लागी बाराको कलैया सरकारी अस्पतालमा पठाईयो ।

प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीको अनुसार वीरगंज महानगरपालिका वडा नं.–१५ ब्रहमचौक निवासी बर्ष ५५ को रोजमन चौधरी पछाडी सवार छोरा बर्ष १९ को नेहाल चौधरी र बारा पचरौता नगरपालिका वडा नं.–७ बेनौली निवासी अ. बर्ष ३५ को ट्रेक्टर चालक रन्जित यादव रहेका छन । ट्रेक्टर, स्कुटी र ट्रेक्टर चालक समेत ईलाका प्रहरी कार्यालय, प्रसौनी गण्डकको नियन्त्रणमा राखिएका छ । ईलाका प्रहरी कार्यालय, प्रसौनी गण्डकका प्रहरी निरिक्षक बिनोद बोहराले जानकारी गराए ।





