पत्रकार स्वर्गीय नरेश सर्राफको श्रद्धाञ्ली सभा
अक्षय कोष स्थापना गर्ने निर्णय

वीरगंज, २८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा पत्रकार स्वर्गीय नरेश सर्राफको श्रद्धाञ्ली सभा सम्पन्न भएको छ । सर्राफको १३ औं दिनको पूण्य तिथीमा बुधबार पर्सा शाखाको बैठकले अक्षय कोष स्थापना गर्ने निर्णय गरेको हो ।
स्वगीय सर्रापकी श्रीमती र छोरीको स्वामित्वमा रहने गरी महासंघले तत्कालका लागि आफनो तर्फबाट १ लाख ५० हजार रुपैया जम्मा गरेर अक्षय कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष अनुप तिवारीले बताए । कोषमा पूर्वमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले पनि १ लाख रुपैया उपलब्ध गराउने घोषणा गरेका छन् ।

वीरगन्ज महानगरपालिकाले कोषका लागि १० लाख रुपैयाँ प्रदान गर्ने मेयर राजेशमान सिंहले घोषणा गरेका छन् । यसैगरि समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले पनि १÷१ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारीले २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैया प्रदान गर्ने बताएका छन् ।
स्वर्गीय पत्रकार सर्राफको स्मृतिमा हरेक वर्ष महासंघको स्थापना दिवसको अवसरमा १० वर्ष सक्रिय पत्रकार र ४० वर्ष उमेर नकटेका एक जना पत्रकारलाई नरेश स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष तिवारीले जानकारी दिए ।

महासंघले स्थापनाको गरेको अक्ष्य कोषबाट वार्षिक हुने आम्दानीको रकम मध्ये २० प्रतिशत रकम पुरस्कार वितरणमा र ८० प्रतिशत रकम स्वर्गीय सर्राफको परिवारको पालन पोषणमा खर्च गरिने जनाएको छ । पत्रकार महासंघ पर्सा शाखाका सदस्य ३८ वर्षीय सर्राफको यहि मंसिर १५ गते दयतघातबाट निधन भएको थियो ।






