युवा नेता गुप्ताको पक्षमा जनलहर

बारा । स्थानीय तहको चुनाव नजिकिदै जादा परवानीपुर गाउँपालिका वडा नं. ५ नौतनका समाजसेवी, कर्मठ, योग्य युवा नेता योगेन्द्र प्रसाद गुप्ता लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही बर्ष देखि वडामा जनताको सेवामा समर्पित हुदै आएका गुप्ता आउने बैशाख ३० गते को चुनावको लागि वडा अध्यक्ष का उमेदवारी दिएका छन्। यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उम्मेदवारी दिएको नेता गुप्ताले बताए ।

गुप्ता राजनीति पेशामा आबद्ध भइ वडा नं. ५ नौतनका जनताको निम्ति आफनो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाजको सेवकको रूपमा चिनाउन सफल गुप्ता नै यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।
बिगतको पाँच बर्षमा नौतनका निर्वाचित वडा अध्यक्ष भएर जनताको निमित बिकासको काम गर्न न सक्नु साथै शिक्षा,स्वास्थ लगाएत अन्य क्षेत्रमा पनि सुधार नभएका कारण यसपालिको निर्वाचनमा, युवाहरूको ढुकढुकी, मिहिनेती, ईमानदार, निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाई चिनाउन सफल युवा नेता योगेन्द्र प्रसाद गुप्तालाई नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।






