चिसोमा दलित, विपन परिवारलाई न्यानो कपडा वितरण

आश महमद मियां
अत्यधिक चिसो बढेको कारण प्रभावित दलित बस्तीमा असहाय घर परिवारलाई न्यानो कपडा ज्याकेट र भेष्ट बितरण गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा आन्तरिक मामिला तथा संचार मन्त्रालय मधेश प्रदेशको सहयोगमा काखा पाखा नहोस र जेनुईन असहाय दलित गरिब परिवारलाई न्यानो कपडा मिलोस भन्दै आफै सरिक भै बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल प्रहरी प्रमुख, प्रहरी उपरिक्षक भोगेन्द्र बोगटी, सशस्त्र प्रहरीका नायब उपरिक्षक रबिन्द्र सिलवाल, ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटीको पहलमा सहकार्य तथा जन प्रतिनिधी, वडा अध्यक्ष याकुब अंसारी, संतोष साहको रोहबरमा अति बिपन दलित परिवारलाई जाडोको लागी न्यानो कपडा बितरण गरिएको छ ।

बाराको प्रसौनी गाउंपालिकामा रहेको वडा नं. ३ नौतनमा १० जना वडा नं. ४ खुटवा जब्दी मा ५८ जना र वडा नं. ५ बेलहिया टोलमा बितरण गरिएको छ । ३०० थान रहेकोमा अझ बितरण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनु भयो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close