स्वेत पत्र जारी गर्दै देखिएको बेथितीलाई अन्तय गर्ने मेयर सिंहको प्रतिद्धता

स्वेत पत्र जारी गर्दै देखिएको बेथितीलाई अन्तय गर्ने मेयर सिंहको प्रतिद्धता

 

 

 

 

बीरगन्ज,१९ असार – बीरगन्ज महानगरपालिकाले २०७९ तर्ज‘मा समितिले जारी गरेको स्वेत पत्र बीरगन्ज महानगरपालिकाको सभाहलमा आईतवार सम्पन्न भएको छ ।
सो कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तेयाज आलम, महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल एवं स्वेत पत्र जारी तर्ज‘मा समितिका संयोजक डा. दिपेन्द्र चौधरी सदस्य सत्यराज धिमिरे संयुक्त रुपमा स्वत पत्र जारी गरेका छन् ।
स्वेत पत्रमा बीरगन्ज महानगरपालिकाको बिगत र वर्तमानलाई समेटिएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले महानगरपालिकाको यस्तो अवस्थामा कार्यभार सम्हालेका बारेमा स्वेत पत्रमा बिस्तृत रुपमा व्याख्या गरिएको छ । बीरगन्ज महानगरपालिकाको कर्मचारीहरुको अवस्था, संघ, प्रदेश र एकिकृत शहरी विकास मझौला कार्यक्रम अन्तर्गत संचालित सडक, नाला स्वास्थय, शिक्षा, अस्पताल, फोहोर ब्यवस्थापन, कोभिड–१९, जस्ता योजनाहरुको बारेमा प्रगति बिवरण तथा बजेट खर्चको अवस्था बारेमा उल्लेख गरिएको छ ।
स्वेत पत्रले बीरगज महानगरपालिकाको हालको अवस्थालाई दैनिय र जर्जर रहेको उल्लेख गरिएको छ । स्वेत पत्र जारी गर्दै बीरगन्ज महानगरपाकिा मेयर राजेशमान सिंहले स्वेत पत्र मार्फत महानगरवासीलाई बीरगन्जको अवस्था अवगत गराउन चाहेको बताउदै अगामी दिन हामी सबैजना मिलेर बीरगन्ज महानगरपालिकालाई हाम्रो र राम्रो नगरपालिकाको रुपमा विकास गर्ने प्रतिब्धता व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close