छठघाट सरसफाई कार्यक्रम सम्पन्न

आश महमद मियाँ ।

बारा । ईलाका प्रहरी कार्यालय प्रसौनी बाराद्धारा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत शनिवार छठघाटको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।हिन्दूहरुको लोक आस्थाको महापर्व छठ पर्वलाई मध्यनजर गरी ईप्रका प्रसौनीले बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ नौतन स्थित छठघाटको सरसफाई गरेको छ ।इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी सहायक निरिक्षक राजेन्द्र यादवको कमाण्डमा रहेका प्रहरी जवानहरु, जनप्रतिनिधि संदिप गुप्ता, श्रीनारायण साह, रुबिता यादव, राजु गुप्ता, सुबोध गुप्ता अर्जुन महतो, राकेश यादव, अनमोल स्थानिय युवाहरुको समुहले सरसफाई गरेको जनाईएको छ । छठघाटमा रहेको फोहोरलाई सफासुघर गरे सँगै छठघाटलाई झिलिमिलि बत्ती र टेन्टपण्डालबाट दुलही झै सजाउने कार्यहरु भईरहेको स्थानिय युवाहरुले गरिरहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close